बैशाख १३, २०८१, बिहीबार
               

अमेरिकामा नेपाली युवा ‘कोभिड हिरो’ अवार्डबाट सम्मानित

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

अमेरिकामा रहेर समाजसेवा गर्दै आएका एक नेपाली युवा कोभिड हिरोको रुपमा सम्मानित भएका छन् । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा आप्रबासीहरुको सहयोगको लागी जुटेका नवराज केसी सम्मानित भएका हुन् ।

कोरोना महामारी संक्रमण बढ्न थालेपछि सारा विश्व दुख, पीडा र संटमा थियो । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको विभिन्न प्रयासका कारण अमेरिकामा समेत आप्रवासीहरूको जनजीवन हम्मे हम्मे थियो । कतिपय देशका आप्रवासीहरू मानवीय सङ्कटमा परे ।

तर त्यस नवराजलगायत उनका सहकर्मीहरु प्रभावित धेरै आप्रबासीको सहयोग तथा उद्धारमा जुटे । महामारीको अवधिमा न्युयोर्क सिटीमा धेरै तयारी खानासमेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो । 

विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै नवराज केसी पनि कमान्डर बनेर सक्रिय बनेका थिए, महाशक्ति राष्ट्र अमेरिकामा । 

‘सेवा गरे मेवा मिल्छ‘ भन्ने आहान जस्तै उनै नवराजले मिठो मेवा प्राप्त गरेका छन् । उनी अमेरिकामा ब्रुकलिन साइटेसनबाट उनी सम्मानित भएका छन् । ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साइटेसनद्वारा सम्मान गरेका हुन् ।

उनलाई सम्मान गर्दै सभामुख एरिक एडम्सले जोखिमपूर्ण अवस्थामा धेरै मानिसलाई सेवा गरी चुनौतीपूर्ण काम गरेको बताएका छन् । उनले प्रशंसा गरे ‘धेरै मानिसहरूलाई सहयोग गर्न अघि बढ्नु निक्कै गर्वको कुरा हो र यो नै ब्रुकलिन कोविड हिरोले गर्ने कार्यको उत्कृष्ट उदाहरण हो ।’

नवराज केसीकै पहलमा कोरोनाको महामारीको बेलामा क्विन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट नेपाली समुदायका लागि झन्डै १५ हजार मास्क, झन्डै ९ हजार ह्याण्ड स्यानिटाइजर, झन्डै १२ हजार ग्लोभ्स प्राप्त भएको थियो ।

विभिन्न सङ्घसंस्था र व्यक्तिमार्फत ती सामाग्रीहरू न्युयोर्क नेपाली समुदायलाई वितरण गरिएको थियो । न्युयोर्क मास्क, स्यानिटाइजर र ग्लोभ्सको हाहाकार भएको बेलामा प्राप्त ठूलो सहयोगले नेपाली समुदायलाई ठुलो राहत मिलेको थियो ।
नवराज केसीले क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट सहयोग प्राप्त गर्नका लागि सेतुको काम मात्र गरेनन्, छुट्टै पहलमा थर्मामिटर र औषधीहरू किनेर नेपाली समुदायलाई वितरण समेत गरे ।

रोटरी क्लब अफ न्युयोर्क क्विन्सका तत्कालीन अध्यक्ष समेत रहेका उनकै नेतृत्वमा क्लबका तर्फबाट ५ सय थर्मामिटर र १० हजार पोका ज्वरोको औषधी टायलोनोल नेपालीहरूलाई वितरण गरिएको थियो । उनी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका अध्यक्ष रहेका थिए । हाल उनी रोटरी इन्टरनेसन लकडिस्ट्रिक्ट ७२५५ मा एसिस्टेन्स गभर्नर रहेका छन् ।

महामारीको अवधिमा न्युयोर्क सिटीबाट प्राप्त ७ हजार ५ सय छाक तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो । न्युयोर्क ज्याक्सन हाइटमा रहेको ब्याम्बो हाउस रेष्टुरेण्टको अगाडि उक्त खाना वितरण गरिएको थियो । नवराज ब्याम्बो हाउसका सञ्चालकसमेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि