बैशाख ०८, २०८१, शनिबार
               

चार बजेसम्म पनि वार्ता नभए आन्दोलन चर्काउने एलाइन्सको चेतावनी

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सले आज (शुक्रबार) बेलुका ४ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्द केसीका वार्ता टोलीलाई वार्तामा नबोलाए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

डा. केसीका माग र उनको बिग्रदो स्वास्थ्यप्रति प्रधानमन्त्री ओलीले गम्भीरता नदेखाएको भन्दै एलाइन्सले आन्दोलन चर्काउने चेतावनी दिएको हो ।

‘प्रधानमन्त्री ओलीले सत्याग्रहीलाई मृत्युसैयामा छाडेर वार्ता बिलम्ब गराइरहेका छन् । हाम्रो धैर्यताको बाँध अब टुट्ने अवस्थामा छ,’ एलायन्सले भनेको छ, ‘बेलुका ४ बजे सम्ममा वार्तामा नबोलाईए थप आन्दोलन चर्काउने छौं ।’

उनीहरुले डा केसीको जीवन तलमाथि भएमा यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ।

शुक्रबार बिहानै सुरु हुने भनिएको सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता दिउँसोसम्म पनि सुरु हुन नसकेपछि एलायन्सले अल्टिमेटम दिएको हो ।

डा. केसीका प्रतिनिधिहरुले सरकारी वार्ता टोलीले ढिलाइ गर्दा वार्ता हुन नसकेको बताएका छन् ।

हिजो (बिहीबार) एकखालको सहमति गरेर थप छलफलपछि पुनः शुक्रबार वार्तामा बस्ने भनिए पनि अहिलेसम्म वार्ता सुरु हुन नसकेको डा. केसीका तर्फबाट वार्ता टोलीमा रहेका ओमप्रकाश अर्यालले जानकारी दिए ।

डा. केसी अनशनमा बसेको आज २६ दिन पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि