बैशाख १२, २०८१, बुधबार
               

एउटा गल्ली जहाँ किस गर्न युवक–युवती लाइन लाग्छन्

एजेन्सी
फागुन ०२, २०७६

ADVERTISEMENT

मेक्सिकोको गुआनाजुआतोमा एउटा त्यस्तो गल्ली छ, जहाँ जोडीहरु पालो कुरेर किस गर्छन् । यहाँ किस गर्दा प्रेमि–प्रेमिका दुबै १५ वर्षसम्म खुसी रहने विश्वास छ । यहाँका दुई घरको दूरी यति साँघुरो छ कि एउटा घरमा बसेर अर्को घरमा बस्नेलाई चुम्बन गर्न सकिन्छ । यस गल्लीको नाम नै ‘एल कैलेन डेल बेसो’ अर्थात् चुम्बन लिने गल्ली राखिएको छ । 
यहाँ प्रेमजोडी पुग्नुको पनि कारण छ । किम्वदन्तीअनुसार इतिहासको कुनै कालखण्डमा यस गल्ली आसपासका दुई छुट्टा–छुट्टै घरमा बसेर प्रेमी प्रेमिकाले चुम्बन लिन्थे ।

प्रेमिका डोना कार्मेन धनी परिवारकी थिइन् भने प्रेमी लुईस गरिब परिवारका थिए । डोनाका बाबुले उनको प्रेमलाई स्विकार्न सकेनन् । त्यसैले लुईसले उनकै घरको झ्याल तथा बाल्कोनी नजिक एक कोठा भाडामा लिए । परिवारले यो कुरा थाहा नपाउँदासम्म दुबै जना यस गलीमा रातीसम्म चुम्बन गदथे । जब बाबुले थाहा पाए त्यसपछि उनले रिसमा आफ्नै छोरीको हत्या गरे ।

डोनालाई बचाउन लुईस बालकोनीबाट हाम फालेका थिए । तर उनको गर्र्दनमा चोट लाग्यो । अहिले डोना बस्ने भनिएको कोठामा ‘भ्यालेन्टाइन गिफ्ट सप’ छ  ।


कस्तो लाग्यो ?

यो पनि