बैशाख १३, २०८१, बिहीबार
               

पार्टी एकीकरणका बाँकी काम यसै महिनाभित्र पुरा गर्ने ओली–दाहाल सहमति

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा एकताको बाँकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो । यसअघि असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी १० सम्पन्न गर्ने कार्ययोजना ल्याउन दुई अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको थियो ।

तर सो १० दिनमा कार्ययोजना ल्याउन असफल भएका ओली–दाहालले आज नयाँ समझदारी बनाएका हुन् । बालुवाटार स्रोतले भन्यो ‘उहाँहरुबीच भएको छलफलमा पार्टी एकीकरणको बाँकी काम यही महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ, अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्नु हुनेछ ।’ 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन ।

बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम सकाउने आज थप समझदारी गरेका हुन् ।

अब सचिवालय बैठक बसेर त्यस सम्बन्धमा निर्णय गर्ने नेताहरूले बताएका छन् । पार्टी एकीकरण पनि सम्पन्न गर्ने सहमति गरेपछि प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि