चैत १६, २०८०, शुक्रबार
               

नेपाल स्टारमा ऋषभ राउण्डबाट थप ५ प्रतियोगीहरु छनोट

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को ऋषभ राउण्डको तेस्रो भागबाट ५ जना प्रतियोगीहरु चौथो राउण्डका लागि छानिएका छन् ।

तेस्रो भागमा भिडेका ८ जना प्रतियोगीहरुमध्ये विशालदेव श्रेष्ठ, सिद्धान्त खड्का, अमिन परियार, मौसम खरेल र श्रेया नेपाल चौथो राउण्डका लागि छानिएका छन् । त्यस्तै, ऋषभ राउण्डको तेस्रो भागबाट नुवाकोटकी समिरा थपलिया, मोरङका दोर्जे तामाङ र चितवनकी बिना सेञ्चुरी बाहिरिएका छन् । 

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका एघारौँ प्रतियोगी हुन् विशालदेव श्रेष्ठ । इटहरी अडिसनबाट छानिएका विशालले ऋषभ राउण्डमा हेमन्त रानाको ‘लैजा रे’ बोलको गीत गाएका थिए ।

यस्तै, ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका बाह्रौँ प्रतियोगी हुन् सिद्धान्त खड्का । इटहरी अडिसनबाट छानिएका सिद्धान्तले ऋषभ राउण्डमा शिव लामिछानेको ‘किन दुख्छ’ बोलको गीत गाएका थिए । 

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका तेह्रौँ प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले ऋषभ राउण्डमा नेपथ्यको ‘लाम्पाते सुरती’ बोलको गीत गाएका थिए ।

नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएका चौधौँ प्रतियोगी हुन् मौसम खरेल । काठमाडौँ अडिसनबाट छानिएका मौसमले ऋषभ राउण्डमा दिपक बज्रचार्यको आवाजमा रहेको ‘मायाको डोरीले’ बोलको गीत गाएका थिए । झापा स्थायी घर भई काठमाडौँ बस्दै आएका मौसमले निर्णायकहरुको मन जितेका छन् । उनी २४ वर्षका छन् ।

यसैगरी, नेपाल स्टारमा ऋषभ राउण्डबाट चौथो राउण्डका लागि छानिएकी पन्ध्रौँ प्रतियोगी हुन् श्रेया नेपाल । चितवन अडिसनबाट छानिएकी श्रेयाले ऋषभ राउण्डमा कालिप्रसाद बास्कोटाको ‘हेरिरहन देऊ मलाई’ बोलको गीत गाएकी थिइन् । बाराको सिमरा निवासी श्रेया २० वर्षकी छिन् । श्रेयाका केही ओरिजिनल तथा कभर गीतहरुसमेत पनि सार्वजनिक भइसकेको छ । 

नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’मा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोक श्री निर्णायक रहेका छन् ।

 

 


कस्तो लाग्यो ?

यो पनि