बैशाख १३, २०८१, बिहीबार
               

'डा. केसीबारे बोले नारायणकाजी : ‘अहिले अनशनको समय होइन'

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थ सत्याग्रहमा बसेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो कुरा बताएका हुन् ।  

गोविन्द केसीको अनसनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको समेत उनले बताएका छन् । तर, डा. केसीले अहिले बसेको अनसनको समय सान्दर्भिक नभएको उनले बताएका छन् ।  

कोरोनासँग लड्नुपर्ने बेलामा डाक्टर केसीले अनसनको समयबारे सोच्नुपर्ने उनले बताएका छन् । 'डा. गोविन्द केसी १९ औं अनसनको २५ औं दिनमा हुनुहुन्छ । डा.केसीसँग कयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि', उनले भनेका छन्, 'सबै मिलेर कोरोनाविरुद्ध जुझ्नु पर्ने बेलामा यसपटक अनसनको समयबारे सोच्नु पर्थ्यो भन्‍ने पनि धेरैलाई लागेकै छ ।' 'तर के  कुरामा शंका छैन भने उहाँ निःस्वार्थ सत्याग्रही हुनुहुन्छ । उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो', उनले लेखेका छन् ।  

१९ औँ अनसनको २५ दिन भइसक्दा उहाँको जीवन रक्षामा सरकारले ध्यान दिनुपर्ने उनको तर्क छ । सरकारले वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको उनले बताए । 'उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार,उहाँ स्वयम् र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ । यस सन्दर्भमा सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ,' उनले लेखेका छन्, 'आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ । 

नेकपाले यसअघि नै डा. केसीको अनसनको समय उपयुक्त नभएको बताइसकेको छ । सरकारले यसअघिको माग पूरा गरिसकेको हुनाले वार्ताबाट समाधान हुनुपर्ने बताइसकेको छ । सरकार र डा. गोविन्द केसीको वार्ता टोलीको छलफल भइरहेको छ । बुधबार सरकार र डा. केसीको तर्फबाट वार्ता टोली गठन गरेको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि