चैत १५, २०८०, बिहीबार
               

सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अनशनरत डा. गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका प्रतिनिधि (सदस्य) सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ ।

दुवै पक्षका टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले बताए ।

कार्कीका अनुसार आजको वार्ता सकारात्मक भए डा. केसीले आजै अनशन तोड्नेछन् । 

६ बुँदे मागसहित डा. केसी २५ दिनदेखि अनशनमा छन् ।  अनसनको २४औँ दिनमा हिजो (बुधबार) सरकारले तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनाइएको थियो । 

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गगन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् ।

डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । टोलीमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन् ।

यसैबीच, चिकित्सकहरुले भने डा. केसीको पक्षमा प्रदर्शन जारी राखेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पतालमा प्रदर्शन भएको छ ।


कस्तो लाग्यो ?

यो पनि