बैशाख ०७, २०८१, शुक्रबार
               

आजको मौसमः सामान्य बदली भइ हल्का वर्षाको सम्भावना

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभरको मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि केही जिल्ला र प्रदेशहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि