बैशाख १२, २०८१, बुधबार
               

डा. केसीको तर्फबाट पनि वार्ता टोली गठन

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारसँग वार्ता गर्नको लागि डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

यसअघि डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

सरकारको टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन् । 

सरकारले वार्ता टोली बनाएसँगै डा. केसीको तर्फबाट पनि वार्ता टोली बनाइएको हो ।

डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनाइएको छ ।

सो वार्ता टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।


कस्तो लाग्यो ?

यो पनि