चैत १६, २०८०, शुक्रबार
               

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा आन्दोलन घोषणा

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

डा. केसीका माग पूरा गराउन पटकपटक आन्दोलनमा उत्रिएका उनीहरुले वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएको भन्दै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।

यसअघि सो संघले ७२ घन्टे अल्टिमेटम दिएको थियो । जसका लागि संघले बिहीबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने घोषणा गरेको छ। 

यस्ता छन् आन्दोलनका कार्यक्रम

बहीबार : जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने,

शुक्रबार : देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने,

भदौ २४ देखि डा. केसी ६ बुँदे माग राखी डाअनसनरत छन् । अनसन बसेको २३औँ दिन शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारलाई चाँडोभन्दा चाँडो वार्ता टोली गठन गर्न आग्रह गरेको छ । 

यो पनि