चैत १६, २०८०, शुक्रबार
               

गोविन्द केसीको मागप्रति सरकारले उदासीनता देखायो : कांग्रेस

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारक लागि डा. गोविन्द केसीको अनसनप्रति सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ ।  १९ औँ अनशनमा बसेको २४ दिनसक्दा पनि सरकार उदासीन बनेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गरेको छ । 

‘डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु,’ सो विज्ञप्तिमा सभापति शेरबहादुर देउवाले भनेका छन् । 

अनसनरत डा. केसीका मागका कारण  सडक, स्वास्थ्य संस्था, सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाउने क्रम बढेको छ । तर, त्यसले सरकारलाई खासै प्रभाव प्रभाव पार्न सकेको छैन । 

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको छ । टिचिङ शिक्षण अस्पतालका अनुसार  डा. केसीलाई सास फेर्न असजिलो हुने भएकाले अक्सिजन दिनुपरेको छ । यसका अलवा उनमा छाती दुख्ने, थकाइ लाग्ने, मांसपेशी खुम्चिने र बाउडिने, चक्कर लाग्नेजस्ता स्वास्थ्य समस्या बढ्दै गएको बताइएको छ । 

यो पनि