बैशाख १३, २०८१, बिहीबार
               

मुम्बईमा कोसँग विहे गर्दैछिन् काजल ?

एजेन्सी
असोज २१, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनी यही अक्टोबर ३० मा व्यवसायी गौतम किच्लूसँग विवाह बन्धनमा बाँधिने भएकी हुन् ।

विवाहबारे चर्चा सुरु भएपछि मंगलबार सामाजिक सञ्जालमा काजलले आफ्नो विवाहबारे बताएकी हुन् । उनले लेखेकी छन्, ‘यो कुरा बताउँदा एकदमै खुसी लागिरहेको छ कि म गौतम किच्लूसँग अक्टोबर ३०, २०२० मा विवाह गर्दैछु ।’

कोरोना महामारीका कारण परिवारका थोरै सदस्यहरुमात्र सहभागी भएर मुम्बईमा विवाह गर्ने उनले बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा थप लेखेकी छन्, ‘कोरोनाले हाम्रो खुसीलाई केही धिमा अवश्य नै बनाएको छ तर पनि नयाँ जिन्दगीको सुरुवात हुँदैछ। यो खबरले सबैलाई खुसी दिनेछ ।’

उनले आफ्ना फ्यानहरुले दिएको मायाका लागि धन्यवादसमेत व्यक्त गरेकी छन् र आफ्नो फिल्मी यात्रालाई अविश्वसनीय भएको बताएकी छन् ।

काजल अग्रवालले थुप्रै दक्षिण भारतीय तामिल, तेलुगू र मलायालम सिनेमामा अभिनय गरेकी छन् । उनले केही बलिउड फिल्ममा पनि अभिनय गरिन् । जसमा सिंघम निकै चर्चित फिल्म रह्यो ।

त्यस्तै उनका दक्षिण भारतीय सिनेमामा मगाधिरा, कावाचम, थुप्पाकी, जिल्ला, टेम्पर, मिस्टर पर्फेक्ट, मारी, मेर्सललगायतका फिल्म चर्चित छन् । अग्रवाल दक्षिण भारतकी फाइन र महँगो अभिनेत्रीका रुपमा समेत चिनिन्छन् ।

काजलसँग विवाह गर्न लागेका किच्लू मुम्बईका व्यवसायी हुन् । उनी रहनसहन (डिसर्न लिभिङ) र इन्टेरियर डिजाइन ई–कमर्सका फाउन्डरसमेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि