चैत १६, २०८०, शुक्रबार
               

गोविन्द केसीलाई भेट्न सरकारी टोली जब अस्पताल पुग्यो

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ ।  

सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले यस्तो आग्रह गरेको हो । 

सचिव मैनालीको नेतृत्वमा तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको थियो । 

त्रिवि पुगेका शिक्षा सचिव मैनालीको टोलीले सरकारका तर्फबाट औपचारिक रुपमा वार्ता टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको थियो ।

जवाफमा डा. केसीले 'यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो' भनेका छन् । आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने डा. केसीको अडान छ ।

डा. केसी चिकित्सा शिक्षा सुधार र विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वनयको माग गर्दै विगत २३ दिनदेखि अनशनमा छन् ।

सरकारले भने डा. केसीको माग सुनुवाइका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । 

विभिन्न दल, चिकित्सक लगायत पेसागत संगठन र नागरिक समाजले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाइसकेका छन् । 

यसैबीच, डा. केसीको जीवन रक्षाको माग गर्दै मंगलबार बालुवाटारमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले डा. केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि