बैशाख ०७, २०८१, शुक्रबार
               

चीनको व्यस्त सडकमा दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी
असोज १८, २०७७

ADVERTISEMENT

चीनमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । 

उत्तरपूर्वी चीनको जिलिन प्रान्तस्थित फुयु सहरमा आज (आइतबार) दुर्घटना भएको हो ।

व्यस्त सडकमा दुईवटा ट्रक ठोक्किँदा आसपासका सवारी साधनमा रहेका मानिसहरुको मृत्यु भएको हो ।

सुरुमा एउटा सानो गाडी अर्को गाडीमा ठोक्किएर उछिट्टिएपछि ठूला ट्रक एक आपसमा ठोक्किएको बताइएको छ ।

त्यसपछि व्यस्त सडकमा गुडिरहेका थुप्रै सवारी साधनहरु ठोक्किएका थिए ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै र १० जनाको उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले यस घटनाको छानबिनका लागि विशेष टोली गठन गरेर पठाएको छ ।


कस्तो लाग्यो ?

यो पनि