चैत १५, २०८०, बिहीबार
               

अनसन तोड्न डा. गोविन्द केसीलाई सरकारको आग्रह

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । बिहीबार सरकारका निर्णय सार्वजिनक गर्दै प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसका अलवा सरकारका निर्णय सार्वजनिक गर्दै उनले नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनसन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए ।

सरकारका प्रवक्ता तथा  परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनसन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय होइन ।

केही विषय बाँकी छ भने पछि छलफल गर्न सकिन्छ । मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाइमा जोडियौँ । जनतालाई महामारीबाट जोगाउऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं’ मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले डा. केसीले राखेका धेरै माग पूरा भइसकेको पनि जिकिर गरे । सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा हुने क्रममा रहेको र पिसिआर टेस्टको दायरा बढिसकेको भनाइ थियो । 

यो पनि