बैशाख ०८, २०८१, शनिबार
               

आजको मौसमः केही जिल्लाहरुमा हल्का वर्षाको सम्भावना

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

 काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्लाहरुमा सामान्य बदली भइ हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको जनाइएको  छ ।

साथै राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि