बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाबाट हालसम्म २६५ प्रवासीकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । 

गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको कोभिड-१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक  चिरन शर्माले जानकारी दिए ।  

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।  तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कूल संक्रमणमितमध्ये ९२ प्रतिशत हो ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।    


कस्तो लाग्यो ?

यो पनि