चैत १६, २०८०, शुक्रबार
               

करिब २९ प्रतिशत संक्रमित काठमाडौंमा

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणदर उच्च रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  पछिल्लो हप्ताकाकाे तथ्याङ्क अनुसार हिजो शनिबार देशभर १ हजार २०७ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामा ७२४ जना काठमाडौं उपत्यामा थपिए । साे करिब ६० प्रतिशत हुन आउँछ । त्यस्तै शुक्रबार ५९ प्रतिशत, बिहीबार ५० प्रतिशत, बुधबार ५४ प्रतिशत र मंगलबार ४८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाभित्र रहेकाे तथ्याङ्कले देखाउछ । 

देशभर हालसम्मकाे कोरोना संक्रमितमध्ये २० हजार ६९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।यो कुल संक्रमितकाे २९ प्रतिशत हाे ।  हाल कुल संक्रमितकाे संख्या ७१ हजार ८२१ जना छन् । जसमध्ये महिला १९ हजार २७० र पुरुष ५२ हजार ५५१ जना रहेका छन् ।

शनिबारसम्मकाे तथ्यांक अनुसार काठमाडौंमा १६ हजार ८५० जना, ललितपुरमा १ हजार ९९५ र भक्तपुरमा १ हजार ८५३ जना संक्रमित छन् । हाल सकृय संक्रमितकाे संख्या १८ हजार ३४१ जना छन् । क्वारेन्टाइनमा ६ हजार ३३१ जना, हाेम आइसोलेसनमा १० हजार ५०८ र संस्थागत आइसोलेसनमा ७ हजार ८३३ रहेका छन् ।

हालसम्म देशभरका ५५ परीक्षण प्रयोगशालाबाट ९ लाख ७८ हजार २०४ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । 

यो पनि