बैशाख ०४, २०८१, मंगलबार
               

हाइड्रो पावरका मजदूरकाे उपचारकाे क्रममा मृत्यु

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

दूधकोसी हाइड्रो पावरमा कार्यरत  मजदूरकाे उपचारकाे क्रममा मृत्यु भएको छ । शुक्रबार सुरु भित्र काम गर्ने क्रममा ढुंगाले टाउँकोमा लाग्दा गम्भीर घाइते भएका  ३६ वर्षीया रबी थामीको शनिबनर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ । 

ग्राण्डी अस्पताल काठमाडौंमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाए । मृतककाे शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार फाप्लुबाट हेलिकप्टरमार्फत काठमाडौैं लगिएको थियो ।

८६ मेगावाटको उक्त आयोजना सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपलिका ३ पञ्चनमा निर्माणाधिन छ ।


कस्तो लाग्यो ?

यो पनि