बैशाख १३, २०८१, बिहीबार
               

भारतमा नौ लाख ६० हजारभन्दा बढी सकृय संक्रमित

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरसबाट कूल संक्रमितमध्ये नौ लाख ६० हजारभन्दा बढी अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कूल नौ लाख ६० हजार ९६९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका हुन् । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कूल ५९ लाखभन्दा बढी संक्रमित भएका छन् ।

भारतमा कोरोनाकै कारणले अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये एक हजार ८९ संक्रमितको पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएको हो ।

कोरोना भाइरबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या भारतमा ४८ लाख ४९ हजार ५८५ रहेको छ । 

भारतको मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म सात करोड दुई लाख ६९ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि