बैशाख ११, २०८१, मंगलबार
               

३० वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । 

मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए ।

यसैबीच चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । 

तीमध्ये चितवनका १८, मकवानपुरका सात, नवलपरासीपूर्वका पाँच, कैलालीका दुई, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक-एक जना रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि