बैशाख १३, २०८१, बिहीबार
               

कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु, कति छन् संक्रमित ?

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । 

बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत  सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आइसीयूमा भर्ना गरिएका उनमा कोरोना ८ गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या दुई पुगेको छ ।

नेपाली सेनाको मुख्यालय जङ्ग्गी अड्डाका अनुसार नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि