बैशाख ०७, २०८१, शुक्रबार
               

बिहे गरेको २ साता नपुग्दै श्रीमानले कुटे भन्दै पुनम पाण्डे पुगिन् प्रहरीमा

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री पुनम पाण्डेले केही दिनअघि मात्र गुपचुप तवरले आफ्ना प्रेमी सैम बम्बेसँग विवाह गरेकी थिइन् । तर, अहिले दुवैबीच विवाद भएको सार्वजनिक भएको छ ।

पुनमले विवाह घोषणा गरेको लगभग २ सातापछि उनका श्रीमान् सैम बम्बेविरुद्ध मुद्दा दर्ता गराएकी छन् । पुनमका अनुसार सैमले उनीमाथि कुटपिट गरेका छन् । विवाहको यति चाँडै दुबैबीच भएको विवादले प्रहरीसमेत छक्क बनेका छन् ।

पुनम पाण्डेको उजुरीपछि सैमलाई गोवाबाट गिरफ्तार गरिएको छ । अहिलेसम्म पुनमले लगाएको आरोप साबित भएको छैन ।

३६ वर्षीय सैम बम्बे एड फिल्म निर्माता हुन् । उनले अक्षय कुमार, रणबीर कपूर, दीपिका पादुकोण, जैकलीन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुन र अन्य चर्चित फिल्मस्टार्ससँगको प्रोजेक्टमा काम गरिसकेका छन् । सैमले ओप्पो, स्पार्कस्, अमेजन जस्ता प्रसिद्ध ब्राण्डका विज्ञापन निर्देशन गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि