चैत १६, २०८०, शुक्रबार
               

सैन्य विमान दुर्घटना, कम्तीमा २२ को मृत्यु

एजेन्सी
असोज १०, २०७७

ADVERTISEMENT

यूक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । 

एन्टोनिभ-२६ नामक विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार थिए । विमानमा २७ जना रहेको बताइएको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने बाँकी तीनको खोजी कार्य भइरहेको बिबिसीले उल्लेख गरेको छ । 

दुर्घटनाको कारण थाहा हुन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि