बैशाख १३, २०८१, बिहीबार
               

बुटवल-तानसेन सडकखण्ड अवरुद्ध

नेपाल फ्ल्यास
असोज १०, २०७७

फाइल फोटो
ADVERTISEMENT

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल-तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।

रातभरको अविरल वर्षाका कारण सो सडकखण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सो सडकखण्डमा पर्ने तिनाउ गाउँपालिकाका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ।

गएरातिदेखि नै  चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको बताइएको छ । 

प्रहरीका अनुसार पहिरो हटाउने कार्य भइरहेको । सडक अवरुद्ध हुँदा बुटवल, पाल्पा, गुल्मी, स्याड्जा जाने-आउने सवारी साधन रोकिएका छन् ।

यो पनि