बैशाख ०७, २०८१, शुक्रबार
               

आइपीएल क्रिकेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हरायो

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपीएल क्रिकेटमा दिल्लीले चेन्नईलाई हराएको छ । खाडी मुलुक युएईमा भइरहेको १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग उक्त खेलमा  दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हासिल गरेको हो ।

शुक्रबार राति भएको सो खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा पुगेको छ । महेन्द्रसिंह धोनीको जिम्मेवारी कप्तानीमा रहेको चेन्नइको प्रतियोगितामा लगातार हार ब्यहोरेको छ ।

दिल्लीसँग पनि हार ब्यहोरेपछि चेन्नई यतिखेर तालिकाको पाचौँ स्थानमा खस्किएको झरेको छ । दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्‍नइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनायो । त्यसको लागि फाप डुप्लिसिसले सर्वाधिक ४३ रन बनाएका थिए ।  
 


कस्तो लाग्यो ?

यो पनि