बैशाख १२, २०८१, बुधबार
               

अर्घाखाँचीको शीतगंगामा गएको पहिरोले १७ घर बगायो

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा पहिरोले १७ घर बगाएको छ ।

तीन दिन परेको अविरल वर्षाका कारण स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा सो घटना भएको हो । 

पहिरोमा परी मानवीय क्षति भए–नभएकोबारे यकिन हुन सकेको छैन । पहिरोले बस्तीका १७ घर, गोठ, कुखुरा फार्म बगाउँदा नगद, जिन्सी, अन्नपात, पशु चौपाया गरेर एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । 
गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष बाबुराम गैरेले बताए । 

हाल सो स्थानमा उद्धारको कार्य भइरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि