बैशाख ०८, २०८१, शनिबार
               

आइसोलेसन सेन्टर व्यवस्थित बनाउने प्रवक्ता श्रेष्ठको भनाइ

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका -१ रानीवनको आइसोलेसन सेन्टरलाई व्यवस्थित बनाउन आफूले पहल गर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको सो आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन नभएको गुनासोपश्चात प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । 

प्रवक्ता श्रेष्ठसँग स्थानीयवासीले ढल तथा फोहोरको उचित व्यवस्थापन नहुँदा बस्तीमा समस्या परेको प्रवक्ता श्रेष्ठसमक्ष गुनासो गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि