बैशाख ०७, २०८१, शुक्रबार
               

लोकसेवा आयोगद्वारा नयाँ कार्यतालिका सार्वजनिक, रोकिएका परीक्षा दसैँअगाडि हुने

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकसेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षकलगायत पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

लोकसेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुनेछ ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुनेछ ।यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।

त्यसैगरी लोकसेवा आयोगले नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

 यसैगरी, सहायक महिला विकास निरीक्षकको परीक्षा २५ असोजदेखि स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने कार्यतालिकामा उल्लेख छ। 

अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोकसेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगले जनाएको छ । 

पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टाअगाडि परीक्षा केन्द्रमा आउन आयोगको आग्रह छ । 

लोकसेवा आयोगका अनुसार परीक्षाा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन हुनेछन् ।

यसअघि रोकिएको  लोकसेवा आयोगले स्थगित गरेको सहसचिवसरहको सूचना प्रविधि विज्ञ पदको परीक्षा पनि दसैअगाडि हुने छ । 

लोकसेवा आयोगले निकालेको सूचनाअनुसार  नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा दशैं अगाडि नै हुनेछ ।

आयोगले शुक्रबार जारी गरेको सूचना अनुसार नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट पदको प्रथम र द्वितीय पत्रको परीक्षा क्रमशः असोज २७ र २८ हुने कार्यतालिका छ भने नेपाल विविध सेवातर्फको परीक्षा असोज २९ र ३० हुने कार्यतालिका छ । यी दुवै परीक्षाा लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ८ बजेका लागि तोकिएको छ । 

यो पनि