बैशाख १३, २०८१, बिहीबार
               

सिभिल बैंकले सञ्चालनमा ल्यायो किसान समृद्धि कार्ड

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल बैंकले किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार किसानको सुविधा र कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि सो कार्ड सेवा सुरु गरिएको हो । 

कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको समयमा उक्त बचत रकम झिक्न सकिने बताइएको छ । त्यसैगरी, बैंकले नपुग भएमा सोही खाताबाट किसानले कर्जाका रुपमा थप रकम झिक्न सक्ने जनाएको छ ।

सुविधाअन्तर्गत खेतीयोग्य जमिन धितोका रुपमा राखी पाँच लाख रुपैयाँसम्म ऋण सुविधा उपलब्ध हुने बताइएको छ । यो सुविधा लिन ग्राहकले बैंकमा बचत खाता खोल्नुपर्नेछ ।

यो ऋण सुविधा कृषिलाई मुख्य पेसाका रुपमा अगाल्ने कृषकलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइनेछ । यो ऋण सुविधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।


कस्तो लाग्यो ?

यो पनि