बैशाख १२, २०८१, बुधबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासजस्ता समस्या थिए  । निमोनियाको लक्षण देखिएपछि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज भर्ना भएका उनमा कोरोना पुष्टिभएपछि बिपी कोइराला प्रतिष्ठानमा रिफर गरिएको थियो । 

उनलाई भदौ २८ गते राति वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा रहेका उनको असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, मृत्यु भएका अर्का कोरोना संक्रमित मोरङका ५५ वर्षीय पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा क्यान्सर फैलिसकेको अवस्थामा थिए ।

उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राति ८ बजेर ३० मिनेटमा मृत्यु भएको थियो । 

यो पनि