चैत १६, २०८०, शुक्रबार
               

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

एजेन्सी
असोज ०९, २०७७

ADVERTISEMENT

मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । 

मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्म कोरोना संक्रमितको कुल संख्या सात लाख १५ हजार ४५७ पुगेको छ । 

मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर, सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् । 

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ । 


कस्तो लाग्यो ?

यो पनि