बैशाख १३, २०८१, बिहीबार
               

ट्यांकर दुर्घटना छानबिनका लागि नेपाल प्रहरीलाई पत्राचार

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपाल आयल निगमले त्रिशुली नदीमा खसी आगो लागेको ट्यांकर दुर्घटना छानबिनका लागि नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

निगमले दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरेको हो । दुर्घटनाबारे आशंका भएकाले छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको नेपाल आयल निगम थानकोट डिपोले जानकारी दिएको छ ।

दुर्घटना भएको ट्यांकरचालकको भूमिका पहिलेदेखि नै शंकास्पद भएकाले अनुसन्धान गर्न भनिएको सो डिपोले जानकारी दियो। 

असोज ४ गते भएको सो दुर्घटनामा २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खसी आगो लागेको थियो । 


कस्तो लाग्यो ?

यो पनि