बैशाख ०७, २०८१, शुक्रबार
               

दक्षिण कोरियाले कामदारका लागि कानुन संशोधन गर्दै

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

दक्षिण कोरियाले इपिएसको  कानुनमा केही परिवर्तन गर्ने भएको छ । जसका लागि कोरियाली मन्त्रालयले कानुन संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमा पेश गरेको छ ।

हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ ।

परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । जसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नुपर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यस्तै कम्पनीमा यौन दुव्र्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानूनसमेत संशोधनको तयारी गरेको छ ।

कानुन संशोधन गरेसँगै एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः कमिटेड श्रमिकको रुपमा त्यहीँ कम्पनीमा आउनका लागि तीन महिनापछि आउन पाउने हालको व्यवस्थालाई एक महिनामै आउन पाउने गरी कानुनमा संशोधनको तयारी गरिएको छ ।

यो पनि