बैशाख ०८, २०८१, शनिबार
               

एसओएसले लियो टुहुरा बालिकाको जिम्मा

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

बैतडी । दशरथचन्द नगरपालिका–१० का एकै घरका ६ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । 

एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली बैतडी पुगेर ती बालिकालाई जिम्मा लिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । 

अढाई वर्षदेखि ती बालिकाको खाना र बसोबास व्यवस्था नगरपालिकाले गर्दै आएको थियो । सत्पालीका १५ वर्षीय निलम, १३ वर्षीय इन्द्रा, १२ वर्षीय पार्वती, १० वर्षीय लक्ष्मी, सात वर्षीय विन्दु र पाँच वर्षीय माया लावडलाई पठनपाठनसहितको जिम्मा उक्त संस्थाले लिएको हो । 

बैतडीस्थित हनुमानध्वज गुल्मका सेनानी प्रणीन थापाले टुहुराको जिम्मा लिन आग्रह गरेपछि बालग्रामको टोली बैतडी पुगेर जिम्मा लिएको हो । 

ती  बालिकालाई उनीहरुको कागजपत्रसहित दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संयुक्त रुपमा बालग्रामका निर्देशक अमगाईँलाई हस्तान्तरण गरेको छ । 

टुहुरा बालबालिकाको सहयोगका लागि विभिन्न ठाउँबाट एक लाख ३६ हजार रकम सङ्कलन भएको र त्यो रकम बैंक खातामा जम्मा गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए  ।

यो पनि