बैशाख १३, २०८१, बिहीबार
               

किम जोङ उनले मागे माफी

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी हत्या गरेको घटनामा माफी मागेका छन् ।

किमले दक्षिण कोरियाली अधिकारीको हत्याको विषयमा माफी मागेको दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले जानकारी दिएको छ ।

किमले दक्षिणका राष्ट्रपति मुन जाय इनसँग कुराकानी गर्दै दक्षिण कोरियाली अधिकारीको हत्या भएकोमा माफी मागेको बिबिसीले लेखेको छ ।

दक्षिण कोरियाली अधिकारीका अनुसार हालै एक ४७ वर्षीय दक्षिण कोरियाली नागरिक देश छाडेर उत्तर कोरिया भागिरहेका थिए । जब उनी डुंगा चढेर उत्तर कोरियाको समुद्री क्षेत्रमा पुगे तब उनलाई उत्तरका सेनाले गोली हानेका थिए । त्यसक्रममा उनको मृत्यु भएको थियो । 

हाल उत्तर कोरियाले सिमानामा कडा नियम लागू गरेको बिबिसीले उल्लेख गरेको छ । 

कोरोना भाइरस (कोभिड १९) आफ्नो देशमा फैलन नदिन उत्तर कोरियाले सीमाबाट अवैध रुपमा छिर्नेलाई गोली हान्न आदेश दिएको छ ।

यो पनि