चैत १६, २०८०, शुक्रबार
               

बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेको बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । 

हिजो साँझ विनयीत्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबामन्दिर नजिकै खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ ।

माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुमपश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द्र केसीको गएराति उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

घाइतेमध्ये चार जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमाउपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध सडक भने आज (शुक्रबार) बिहान चार बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि