बैशाख १३, २०८१, बिहीबार
               

प्रविण र समिक्षाको 'नबोली नबोली' सार्वजनिक

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

नेपाल आइडलका फस्ट रनरअप प्रविण बेडवाल र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नबोली नबोली’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा तयार गरिएको गीतका शब्दहरु पनि प्रेमिल छन् । 

गीतको भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा फिचर भएका छन् । भिडियोमा उनीहरुलाई पनि रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । 

उत्सव दाहालले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । भिडियोको निर्माण रायन रेजले गरेका हुन् ।

 

यो पनि