बैशाख ११, २०८१, मंगलबार
               

आकाशले सस्पेन्स थ्रिलर फिल्म बनाउने, मुख्य भूमिकामा शिव र सौगात

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

‘पन्छी, क्रोध, कहाँ भेटिएला, कोहिनुर, कान्छी’ जस्ता सफल चलचित्र निर्देशक गरिसकेका निर्देशक तथा निर्माता आकाश अधिकारीको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । नाम तय नभएको यस चलचित्रको लागि केही मुख्य कलाकारहरु भने पक्का भएका छन् । 

चलचित्रका लागि अभिनेता शिव श्रेष्ठ, सौगत मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकार पक्का भइसकेका छन् । शिवले विशेष भूमिका निर्वाह गर्ने यस चलचित्रमा आकाश आफैँले पनि अभिनय गर्नेछन् ।

चलचित्रको लागि पक्का भएका सम्पूर्ण कलाकारहरुसँग लिखित सम्झौता गरिसकेका छन् । अभिनेत्री भने पक्का हुन सकेकी छैनन् । केही समयमा नै अभिनेत्री पनि सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ । 

‘सस्पेन्स थ्रिलर’ कथामा निर्माण हुन लागेको चलचित्रको कथा आकाश आफैँले तयार गरेका हुन् । नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको संयुक्त पटकथा तथा संवाद रहने चलचित्रलाई नवराज कृष्ण थापाले खिच्नेछन् भने सम्पादन भुपेन्द्र अधिकारीले गर्नेछन् ।

यो पनि