बैशाख १२, २०८१, बुधबार
               

ट्रेड युनियनको निर्वाचन सार्ने निर्णयप्रति कांग्रेसको विरोध

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन सार्ने सरकारी निर्णयको नेपाली कांग्रेसले विरोध गरेको छ । 

नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयमा आपत्ति जनाएको हो । 

बुधबारको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको भन्दै २४ असोजका लागि तय भएको निर्वाचन २७ मंसिरमा सार्ने निर्णय गरेको थियो । 

सरकारले निर्वाचन मिति सारेर लोकतन्त्रमाथि नै प्रहार गर्ने दुुष्प्रयास गरेको नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिव हुमागाईको आरोप छ । 

‘एकदलिय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामति कर्मचारीहरुको आधिकारीक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि