बैशाख १३, २०८१, बिहीबार
               

बलात्कार आरोपमा २ जना कैद

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

चितवन । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो । धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर –१२ स्थित जंगलमा लगी बलात्कार गरेको भन्दै पीडितले गत मंसिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् ।

उजूरीलगत्तै आरोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । यस्तै ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले भरतपुर महानगरपालिका– ९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका –१२ घर भएकी महिलालाई गत जेठ २३ गते शरदपुर घर भएका सापकोटाले आफ्नै घरको कोठामा बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।


कस्तो लाग्यो ?

यो पनि