बैशाख ०८, २०८१, शनिबार
               

स्याङ्जा पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

स्याङ्जा । स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा मात्रै पहिरोले घर पुर्दा ५ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ६० वर्षीया शानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ ।

बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि