बैशाख १२, २०८१, बुधबार
               

स्याङ्जा पहिरो : दुई वटा शव निकालियो, एक जनाको जिवितै उद्धार

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

स्याङ्जा । पहिरोमा पुरिएर स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । 

वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा दुई जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । 

गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुई वटा घर पुरेको हो । पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ । 

यता, वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका ८ जना पुरिएका छन् । एक जनाको शव निकालिएको र एक जनालाई जिवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

माया नेपालीको घरमा १० जना थिए । जिवित उद्धार गरिएका एकजनाको वालिङमा उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि