बैशाख ०७, २०८१, शुक्रबार
               

नायकबाट गायक बने टाइगर श्राफ

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता टाइगर श्राफ अब गायक बनेका छन् । उनले आफ्नो स्वरमा पहिलो गीत सार्वजनिक गरिसकेका छन् । 

बीग बैंग म्यूजिकको सहकार्यमा टाइगरले आफ्नो पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका छन् । गीतको भिडियोमा पनि टाइगर आफैँ फिचर भएका छन् । गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् ।

टाइगरलाई पहिलादेखि नै गायनमा रुचि थियो । तर, उनले आफ्नो रुचिलाई पूरा गर्न सकेका थिएनन् । अहिले भने टाइगर आफ्नो सपना पूरा हुँदै गएको बताउँछन् । टाइगरले लकडाउनको समयमा नै गीत रेकर्ड तथा भिडियो निर्माण सक्काएका हुन् ।  

टाइगरले गीत गाउनु गाह्रो काम भएको भन्दै त्यसमा छुट्टै आनन्द पनि रहेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई लाग्थ्यो कि गीत गाउन भन्दा एउटा घरबाट अर्को घरमा दौडन नै गाह्रो हुन्छ । तर, गीत गाउनु अहिलेसम्मकै चुनौतीपूर्ण र सबैभन्दा आनन्द दिने काम लागेको छ । विश्वभरका संगीतकारलाई मेरो धेरै सम्मान छ । मैले अझै धेरै सिक्नु छ ।’

 

यो पनि