बैशाख ०४, २०८१, मंगलबार
               

पहिरोले घर पुरिएर पाल्पामा पाँच जना बेपत्ता

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । निरन्तर भारी वर्षाका कारण आएको पहिरोमा परेर पाल्पामा पाँच जना बेपत्ता भएका छन् ।

जिल्लाको रम्भा गाउँपालिकामा आएको भीषण पहिरोमा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । गाउँपालिका– २ निवासी होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको थियो ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको जनाइएको छ । यसबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ । 

यो पनि