बैशाख ०८, २०८१, शनिबार
               

कोरोना संक्रमित तनहुँका पुरुषको चितवनमा मृत्यु

नेपाल फ्ल्यास
असोज ०८, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका– ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन गत भदौ २९ गते अस्पताल आएका उनमा गत ३१ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि