बैशाख १३, २०८१, बिहीबार
               

स्याङ्जामा पहिरोले घर पुरिएर १७ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । बिहीबार राति तीन दिनदेखि निरन्तर परेको भारी वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका- ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका १७ वर्षीय छोरा विष्णु परियार रहेको प्रहरीको भनाइ छ ।  घरमा सुतिरहेको समयमा राति घर माथिबाट खसेको पहिरोले उनी पुरिएर मृत्यु भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि