बैशाख १३, २०८१, बिहीबार
               

‘देशभर निरन्तर भारी वर्षा भइरहेको छ, पूर्ण सतर्क रहनु’

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार (आज) देशभर बिहानैदेखि निरन्तर भारी वर्षा भइरहेकोले सम्पूर्ण नागरिकलाई पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्ते, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षाको  समेत सम्भावना रहेको जनाएको छ ।

साथै, राती पनि देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १,  प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा अति भारी वर्षाको  समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि