बैशाख ०८, २०८१, शनिबार
               

कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्यु

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

कोरोना संक्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ ।  कोरोना संक्रमण भई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका-१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । 

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्काघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा मङ्गलबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि नलाई थप उपचारका लागि बिपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो ।

उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताए । यससँगै कोरोना सङ्कमणबाट सिरहामा मृत्यु हुने १२ जना पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि