बैशाख १३, २०८१, बिहीबार
               

पहिराेबाट गोठ भत्किँदा एक जना बेपत्ता

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् । अविरल वर्षातका कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

रिजालका अनुसार गोठमा रहेका दुई भैसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ । 


कस्तो लाग्यो ?

यो पनि